काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) ले वैदेशिक रोजगार गुम्ने खतरा बढ्दै गएको भन्दै स्वदेशमा रोजगारी सिर्जना गर्न सरकारलाई सुझाएका छन् ।
नेपाल नीति प्रतिष्ठान(एनपिआई), नाइस, काउन्टर फर डेप्लोमेसी एण्ड डेपलपमेन्ट, नेपलिज माइग्रेन्थ युनिटी नेटवर्कले आयोजना गरेको भर्चुअल कार्यक्रम बोल्ने वक्ताहरुले विभिन्न क्षेत्रमा रोजगारी सिर्जना गर्न ध्यानाकर्षण गराएका हुन् ।
कोरोना भाइरस (कोभिड १९) ले स्वदेशी रोजगार तथा वैदेशिक रोजगारी गुम्ने भन्दै प्रयाप्त रोजगारी सिर्जना गर्न ध्यान दिनुपर्ने बताए । शहरी विकास, कृषि, पर्यटन, उत्पादन लगायतका क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिने सरोकारवालाहरुको भनाइ थियो ।
एनपीआईका अध्यक्ष खगेन्द्र ढकालले कार्यपत्र प्रस्तुत गर्दै कोरोनाले रोजगारी गुमाएर विदेशमा रहेका श्रमिक स्वदेश फिर्ता हुने क्रम बढेकाले उनीहरुको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । जीविकोपार्जन, खाद्य सुरक्षा, साना र मझौला व्यवसाय प्रवर्द्धन गरी रोजगारी सिर्जना गर्न सकिने उनले बताए ।
वैदेशिक रोजगारीबाट प्राप्त सामाजिक रेमिट्यान्सलाई सदुपयोग गर्न सरकार चनाखो हुनुपर्ने उनको भनाइ छ । विदेशबाट फर्कनेले ल्याएको सीप, दक्षता सूचीकृत गर्दै गाउँगाउँमा तालिम दिएर रोजगारीमा सामेल गराउन सकिने बताए । सरकारले बजेटमार्फत स्थानीय तहमै तालिम दिने योजना बनाएको छ । सीप युक्त व्यक्ति विदेश जाँदा पनि राम्रो