घर फर्कंदै नेपाली, तर जानकार छैनन् सरकारी कार्यक्रमबारे

लन्डन — एउटा सर्वेक्षणले नेपाल सरकारले वैदेशिक रोजगारी गुमाएका कारण स्वदेश फर्कने नेपाली कामदारहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु घोषणा गरेको भए पनि प्रवासमा रहेकामध्ये ७० प्रतिशत कामदारलाई यसबारे जानकारी नै नरहेको देखाएको छ ।

एउटा गैर सरकारी संस्था, नेपाल पलिसी इन्स्टिच्युट, ले माइग्रेसन ल्याब नामक संस्थासंगको सहकार्यमा गरिएको सर्वेक्षणमा सहभागी २ प्रतिशतले मात्रै त्यस्ता योजनाको बारेमा थाहा भएको जनाए । सर्वेक्षणमा सहभागीमध्ये ८० प्रतिशतले स्वदेश फर्केर केही उद्यम गर्न आफूहरूसँग पुँजीको अभाव रहेको बताए ।

कोभिड–१९ संक्रमणका कारण स्वदेश फर्किन चाहेकाहरुमध्ये झन्डै ८० प्रतिशत कामदारले नेपाल फर्केपछि कृषि वा गैरकृषि क्षेत्रमा स्वरोजगार बन्ने योजना रहेको बताए  । बाँकीले कृषि वा गैरकृषि क्षेत्रमा ज्यालादारी गर्ने योजना रहेको जनाए  ।

Spread the Word

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other IN THE MEDIA

blank