स्वदेशमै रोजगारी सिर्जना गर्नु पर्नेमा जोड

स्वदेशमै रोजगारी सिर्जना गर्नु पर्नेमा जोड

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) ले वैदेशिक रोजगार गुम्ने खतरा बढ्दै गएको भन्दै स्वदेशमा रोजगारी सिर्जना गर्न सरकारलाई सुझाएका छन् । 

नेपाल नीति प्रतिष्ठान(एनपिआई), नाइस, काउन्टर फर डेप्लोमेसी एण्ड डेपलपमेन्ट, नेपलिज माइग्रेन्थ युनिटी नेटवर्कले आयोजना गरेको भर्चुअल कार्यक्रम  बोल्ने वक्ताहरुले विभिन्न क्षेत्रमा रोजगारी सिर्जना गर्न ध्यानाकर्षण गराएका हुन् । 

कोरोना भाइरस (कोभिड १९) ले स्वदेशी रोजगार तथा वैदेशिक रोजगारी गुम्ने भन्दै प्रयाप्त रोजगारी सिर्जना गर्न ध्यान दिनुपर्ने बताए । शहरी विकास, कृषि, पर्यटन,  उत्पादन लगायतका क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिने सरोकारवालाहरुको भनाइ थियो । 

एनपीआईका अध्यक्ष खगेन्द्र ढकालले कार्यपत्र प्रस्तुत गर्दै कोरोनाले रोजगारी गुमाएर विदेशमा रहेका श्रमिक स्वदेश फिर्ता हुने क्रम बढेकाले उनीहरुको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । जीविकोपार्जन, खाद्य सुरक्षा, साना र मझौला व्यवसाय प्रवर्द्धन गरी रोजगारी सिर्जना गर्न सकिने उनले बताए ।

वैदेशिक रोजगारीबाट प्राप्त सामाजिक रेमिट्यान्सलाई सदुपयोग गर्न सरकार चनाखो हुनुपर्ने उनको भनाइ छ । विदेशबाट फर्कनेले ल्याएको सीप, दक्षता सूचीकृत गर्दै गाउँगाउँमा तालिम दिएर रोजगारीमा सामेल गराउन सकिने बताए । सरकारले बजेटमार्फत स्थानीय तहमै तालिम दिने योजना बनाएको छ । सीप युक्त व्यक्ति विदेश जाँदा पनि राम्रो
कमाइ गर्न सक्ने र स्वदेशमा पनि उद्यमी बन्न सक्ने भएकाले उनले सीपमूलक तालिमलाई उच्च प्राथमिकता दिन सरकारलाई सुझाएका हुन् ।  

अन्तर्राष्ट्रिय श्रम संगठन(आईएलको) का कन्ट्री डाइरेक्टर रिचर्ड अवर्डले सरोकारवाला निकायसँग सहकार्य गरी नेपालमै रोजगारी सिर्जना गर्न सकिने संभावना रहेको बताए । नेपाल श्रमबजारमूलक देश भएको भन्दै अवर्डले कोभिडपछि गन्तव्य मुलुकमा पनि रोजगारीमा पठाउन सकिने संभावना नटरेको बताए । 

ओमनका लागि नेपाली राजदूत शमिर्ला ढकाल पराजुलीले कोरोनाका कारण २५ प्रतिशत भन्दा बढी वैदेशिक रोजगारी गुम्ने भएकाले स्वदेशमा रोजगारीको अवसर खोज्नुपर्ने बताइन् । नेपाल कृषिको प्रचुर संभावना भएकाले कृषिलगायत विविध क्षेत्रमा प्रचुर रोजगारी सिर्जना गर्न सकिने बताइन् । 

महिला अधिकारकर्मी सरु जोशीले वैदेशिक रोजगारीमा रहेका नेपालीको स्वास्थ्य सुरक्षा तथा जीविकोपार्जनको विषय अत्यन्तै चुनौतीपूर्ण रहेको भन्दै सरकारले महिला संवेदनशीलतामा ध्यान दिनुपर्ने बताइन् । 

जोशीले माइग्रेसन ल्याब र एनपीआईको साझेदारीमा विदेशमा रहेका श्रमिक नेपालीको अध्ययन भइरहेको बताइन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.